प्रहरीले हटायो होल्डिङ सेन्टर, गाडीमा टास्यो भाडा दर

वीरेन्द्र रावल २०७७ मंसिर २७ गते १३:३८ मा प्रकाशित

वीरेन्द्र रावल,
धनगढी
रोजगारी गरी घरफर्किने नागरिकलाई बिश्राम गर्नलागि सुदूरपश्चिम प्रदेशको कैलाली स्थित त्रिनगर भन्सार कार्यालय नजिक बनाइएको होल्डिङ सेन्टर प्रहरीले हटाएको छ।यहि मंसिर २३ गते “सिमानाकामा लुटिदै भारतबाट फर्किने नागरिक” भन्ने समाचार युग अस्त्र दैनिकमा प्रकासित भएपछि अहिले कैलाली प्रहरीले उक्त होल्डिङ सेन्टर हटाएको हो । होल्डिङ सेन्टरसँगै यहाँको ट्राफिक प्रहरीले अटोहरुमा पनि सबैले देख्ने गरी भाडादर टास्न लगाएको छ।होल्डिङ सेन्टर हटेसँगै त्यहाँ राखिएका गाडीहरु पनि हटाएर प्रहरीले बसपार्कबाट मात्र सञ्चान गर्न लगाएको छ।कोरोना जोखिमका कारण छिमेकी मुलुक भारतबाट रोजगारी गरी फर्किने सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई उक्त होल्डिङ सेन्टरमा राखिएका बस चालक तथा दलालहरुले आफुखुसि रुपमा रकम अशुल्दै आएका थिए।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा बिगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायिबाट ठगिदै आएको कुरा सबै निकाएमा भन्दा समेत कसैले पनि कुनै सुनुवाइ गरेको थिएन । पीडित बनेका नागरिकहरुले आफु पटक पटक गाडी व्यवसायि र तिनका एजेन्टबाट लुटिएको खबर पत्रकारलाई भनेर समाचार प्रकासित भएपछि बल्ल यहाँको प्रहरी प्रशासन तातेको हो।कहिले गाडी नपाउदा होस वा कहिले यात्रुबाट चर्को भाडा लिदा उनीहरु ठगिदै आएको गुनासो सुनाउदै आएपनि आफुहरुको सुनुवाइ कसैले नगरेको पीडितहरुको भनाइ छ।भारतबाट रोजगारी गरी नेपाल फर्किने अधिकांस यहाँका नागरिकहरु भारतको गौरी फाण्टाबाट त्रिनगर पुगाएबापत दलाललाई रकम दिदै आएका थिए भने त्रिनगरबाट गाडि यात्रा गर्दा त्रिनगरमा रहेका गाडी व्यवसायिबाट ठगिने गरेको थिए । उनीहरुले गौरीफान्टाबाट त्रिनगर पुगाएबापत दलाललाइ भारु ५०० तथा त्यहाँबाट घर जान गाडी चढ्दा दुइ हजार ५०० त्रिर्नु परेको थियो । अब देखि त्यो सिस्टमको अन्त भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले त्रिनगर भन्सारमा यात्रुहरुलाई ठगिएको बारेमा हामीले तत्काल छानबिन गरी त्यहाँ रहेका गाडी तथा तिनका एजेन्टलाई हटाएको बताउनुभयो।उहाँले भन्नुभयो,“छानविनका क्रममा त्रिनगरमा यात्रुलाई बढी भाडा लिएर मर्कामा परेको पाइयो,त्यहाँका सबै गाडी र एजेन्टलाई हटाएका छौँ,यहाँ सञ्चालन हुँने गाडीहरुमा प्रष्ट रुपमा यात्रुले देख्ने गरी भाडा दर टास्न जिल्ला प्रहरी कार्यालय र प्रदेश ट्रार्फिक प्रहरी कार्यालय लाई निर्देशन दिएका छौँ, सोही बमोजिमको काम भइरहेको छ,अब कोही लुटिने छैन्।” सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले त्रिनगरमा भारतबाट रोजगारी आउने यात्रु लुट्ने अर्थात बढी भाडा लिने गाडी र एजेन्टलाई पनि कानुनी दायरामा ल्याउने दाबी गरेको छ । यहाँका पहाडी तथा तराइँमा चल्ने सार्वजनिक यातायातमा भाडादर टाँसिएको वा नटासिएको विषयमा यहाँको ट्राफिक प्रहरीले दैनिक अनुगमन गर्न थालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेब गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सार्वजनिक गाडीमा भात्रुले देख्ने गरी भाडादर राख्न लगाएका छौँ, हामीले अनुगमन पनि गर्दै आएका छौँ, कुनै गाडीले नराखेको वा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारवाहि गछौँ ।”

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया