विपन्नको सहारा बन्दै जस्को कोही छैन त्यसको हामी छौ अभियान, विपन्नका तीन वटा घर निर्माण गर्दै छौं: भण्डारी

वीरेन्द्र रावल २०७७ मंसिर २४ गते ८:१४ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी,मंसिर २४÷ देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ तर विपन्न ,गरिव र सुकुम्बासीका आधारभमूत आवश्यकताहरुको सम्बोधननै नहुँदा विपन्न परिवारले शास्ती खेप्नु परिरहेको छ।गणतान्त्रिक मूलुकमा पनि विपन्नले राज्यबाट गाँस,बास र कपासको व्यवस्था हुन नसक्दा खुल्ला आकामूनि भगवान भरोसामा कष्टकर जीवन व्यतित गरिरहेका परिवारका लागि कैलालीको लम्की चुहाका केहि जुझारु युवाहरुले जसको कोही छैन त्यसको हामी छौं भन्ने अभियानलाई पाईलट प्रोजेक्टकै रुपमा भएपनि शुरु वात गरेर गरिवका सहारा भन्ने प्रयास गरिएको पाइएको छ।

समाजमा जसको कोही पनि छैन त्यसको हामी छौ भन्ने अभियानको शुरुवातकर्ता लम्की चुहा ८ गप्काका युवा राजनीतिज्ञ एवं समाजसेवी भावनाका धनी नेत्र भण्डारीको पहलमा कैलाली जिल्लामा छोटै समयमा भएपनि अतिनै स्रहानीय कार्यहरुको थालनी शुरु गरिएको छ।

ओत लाग्ने घर नभएर खुल्ला आकाशमूनि भगवान भरोसामा बर्षातको झरी अनि हिउँदको कठांग्रीने जाडोको समयमा दुःख र पिडा झेल्दै आएका लक्मी चुहाका तीन परिवारकालागि नेत्र भण्डारीको पहलमा घरहरु निर्माण कार्यको थालनी गरिएको छ।

घरबास नभएर खुल्ला आकाशमा बस्न बाध्य लम्की चुहानगरपालिका वडानम्बर ८ गप्काका पदम नेपाली यति बेला मैले भगवाननै प्राप्त गरे जस्तो अनुभूति भैरहेको बताउँछन्।घरबास नभएको अवस्थामा परालको झ्पडिमा १० जनाको परिवार भेडाबाख्रा जस्तै बस्नु परेको अवस्थामा पक्की घर निर्माण शुरु भएपछि पदम नेपालीका परिवारमा खुशीको सीमानै छैन।धर्म गरे भगवान पाईन्छ भनेर मन्दीरमा पुजा पाठ गर्नु भन्दा हामी जस्ता विपन्नका लागि मानिस भगवानका रुपमा प्रकट हुँदा रहेछन् भन्ने कुराको अनुभूति आफुले गर्न पाएकोमा गौरवान्वीत भएका छन् पदम नेपाली।

नेपालीले भने –अव टाउँको लुकाउने घर भएपछि मजदुरी गरेर भएपनि परिवार पाल्न सकिएलाकी भन्ने आशा पलाएको छ।

सोही अभियान अन्तरगत लम्की चुहा नगरपालिका वडानम्बर ६ की गायिका हस्तना विसीको पनि घर निर्माण कार्य थालिएको कुरा जस्को कोही छैन त्यस्को हामी छौं अभियानका अभियानकर्ता नेत्र भण्डारीले बताएका छन्।

राज्यले विपन्नका पीडालाई नहरेपछि सहयोगीहरुसंग हात थापेर भएपनि विपन्नका लागि सानो भएपनि सहयोग गरिरहेका छौं , यस अभियानमा गायिकाको घर निर्माणका लागि कैलाली क्षेत्र नम्बर २३ बाट संघीय संसदमा प्रतिनीधित्व गर्नुहुने साँसद झपट रावलले ५० हजार नगद सहयोग गरेको. पनि अभियान्ता भण्डारीले बताएको छन।

जनताका पिडा,सुख ,दुखका गीतहरु गाएर अरुको दुख र पिडामा साथ दिने कलाकारको समेत घरबास नभएको अवस्थामा ओत लाग्ने घर निर्माण थालिएको कुरा अभियान्ता भण्डारीले बताएका छन्।

यस्तै सोही अभियान अन्तरगत लम्की चुहा नगरपालिका वडानम्बर १ थपालीपुरका धन बहादुर विकको पनि घर निर्माण कार्य शुरु गरिएको अभियान्ता भण्डारीले बताएका छन्।

समाजमा रहेका विपन्न ,गरिव र सुकुम्बासी भित्रपनि कष्टप्ुार्ण जीवन सञ्चालन गरिरहेका पिडामा मल्हम पट्टी लगाउनु अभियानको मूल उद्देश्यरहेको पनि भण्डारीले जानकारी दिए।

समाजमा रहेका विपन्न,अपहेलित,उपेक्षित ,असहाय जो राज्यको नजरमा परेका छैनन त्यूता दिन दुखीको पिडामा महल्हम लगाउने अभियानलाई कतिपय मानिसहरुले सहयोग समेत गरिरहेको अभियान्ता भण्डारीे जानकारी दिए। यस अभियानलाई सार्थकतामा पुगाउनका लागि अभियानका सहसंयोजक सूर्य तिमिल्सेनाको पनि ठूलो हात रहेको भण्डारीले जानकारी दिए।

जव देशमा बन्दा बन्दीको अवस्था थियो,त्यति बेला सडकमा खान र पानी नभएर छट्पटाई रहेका नागरिकहरुलाई खानको व्यवस्था गर्ने देखि लिएर उनिहरुलाई गन्तव्यमा पुगाउने कार्यमा समेत भण्डारीले कैलालीमा उलेखख्य योगदान दिएका थिए।बन्दा बन्दीमा अलपत्र हजारौं नागरिकहरुलाई गन्तव्यमा पुगाउँदा उनिहरुले दिएको आर्शिवादले आफुलाई सामाजिक कार्य गर्ने हौसल्ला र उर्जा बढेर आएकै कारण जस्को कोही छैन त्यसको हामी छौं भन्ने अभियानको थालनी गरेको समेत भण्डारीले बताए।

हुने खाने र धनीहरुलाइ विपन्नका पिडामा साथ दिने कुनै चासो नदेखिएको देख्दा आफुलाई निकै नरमाइृलो लाग्नखे गरेको दुखेसो छ भण्डारीको । घरमा आफ्नो व्यवस्था छैन, अरुका घर बनाउँदै हिडेर के पाउँछ् भनेर घरका मानिसहरुले सम्झाउने गरेको भएपनि आफ्नो मनले नमानेरै सेवा गर्ने ईच्छा शक्ति र भावना भए पुग्दो रहेछ भन्ने कुरा प्रमाणित गर्ने अभियानको थालनी गरिरहेको पनि भण्डारीले बताए।

उनले थालेको अभियानमा कसैले ईटटा,त कसैले सिमेन्ट अनि नगदै भएपनि सहयोग गरिरहेकाले आगमी दिनहरुमा पनि थप सहयोग गर्ने र अभियानमा सहभागी हुन ताहनेहरका लागि भण्डारीले आफ्नो ९८४८४७८२५७ नम्बरको सम्पर्क नम्बर समेत राखिदिनहुन समेत आग्ह गरेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया