माईत हिंडेकी श्रीमती उतै बाट प्रेमी सँग टाप रुदा रुदा श्रीमानको बेहाल,श्रीमतीको जवाफले छिमेकी छक्क

इनेप्लिज २०७७ मंसिर २२ गते १०:३६ मा प्रकाशित

‘अर्काको बिहेमा बाजा बजाएर भएपनि मैले श्रीमतीलाई सुख्खमै राखेको थिएँ । आज उसैले मलाई मेरो दुई छोरीहरु साथैमा बोकेर छोडेर गई । मलाई यो उमेरमा एक्लै बनाएर गई ।’ यो भनाई हो नवलपुर कावासोतीका ओम बहादुर पुनको । उनी ५४ वर्षको छन् । ओम बहादुर यतिबेला आफ्नो सानासाना नानीहरुलाई सम्झिंदै रोईरहन्छन् ।

ओम बहादुरको भनाईमा उनी श्रीमतीले भएको सबै पैसा र गहनाका साथै आफ्ना दुई छोरीहरुलाई लिएर भारत गएकी छन् । माईत जान्छु भनेर हिंडेकी श्रीमतीले आफुलाई रित्तो बनाएर गएको कुरा श्रीमतीले नै फोन गरेर साथ छोडिसकेको भनेपछि उनले थाहा पाएको बताए । श्रीमती र छोरीहरु सम्झिंलै ओम बहादुर रुँदै भन्छन्,‘कार्तिकको २४ गते गएकी हो । उस्ले मलाई २८ गते फोन गरेर तँलाई माया मारेर आएको हो । तेरो छोरी पठाईदिन्छु भनी । मलाई बितरा पारेर गई ।’ भिडियो सहित

प्रतिक्रिया