एक हजार एक सय ११ डलरको ‘अनेसास वत्स पुरस्कार’ घोषणा

इनेप्लिज २०७७ मंसिर २२ गते १:०३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सल्लाहकार डा. दुर्गा दाहाल अनुभवले अनेसास पुरस्कार समितिले प्रदान गर्ने गरी एघार सय एघार डलरको नयाँ पुरस्कारको घोषणा गर्नुभएको छ ।

हालसम्म प्रवासमा नेपाली जनजीवनको अभिन्न अंग बनेर नेपाल र नेपाली चिनाउने विधा संगीत÷नृत्य÷वाद्यवादन÷गायन क्षेत्रमा प्रतिभाशाली सर्जकहरुका लागि अनेसासले पुरस्कारको व्यवस्था गर्न नसकेको अवस्थामा आफूलाई यो पुरस्कार स्थापना गर्न इच्छा भएको वहाँले बताउनुभयो ।

‘अनेसास वत्स अवार्ड’ नामको यो पुरस्कार अनेसासको हरेक दुई वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसँगै एकै समारोहमा प्रदान गरिनेछ । हाललाई १० वर्षका निमित्त यस पुरस्कारको सहमतिपत्रमा हस्ताक्षर गर्न आफू इच्छुक रहेको कुरा पुरस्कारदाता डा. दाहालले बताउनुभयो । यसअघि वहाँले सौजन्य गर्नुभएको दुई हजार एक सय डलरको वासुदेव मालती पुरस्कार अनेसासले सर्जकहरुलाई प्रदान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीले यही डिसेम्बर ६ मा अनेसासले प्रदान गर्दै आएका पुरस्कारहरुका सौजन्यकर्ता महानुभावहरुसितको अन्तरव्रिmयाका लागि जुमका माध्यमबाट आयोजना गरेको बैठकमा प्रवासबाट विगत झण्डै दुई दशकदेखि निरन्तर दुईदुई वर्षमा आकर्षक पुरस्कारसहित प्रवासबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा अनेसासले योगदान दिँदै आएको सन्दर्भ सहभागीहरुले उठाएका थिए । स्वागत मन्तव्य व्यक्त गर्दै पुरस्कार समिति अध्यक्ष प्रा. डा. गोपी उप्रेतीले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका अलावा धेरै अरु पछिल्लो समयमा व्यवस्थित गर्दै रकमका हिसाबले अनेसास पुरस्कारको निष्पक्षता र गरिमा बढाउने काम गरेको बताउनुभयो ।

बिओटी अध्यक्ष गीता खत्रीको सभापतित्वमा सञ्चालन भएको उक्त अन्तरव्रिmयामा पुरस्कारको रकम सौजन्यकर्ताका रुपमा प्रमुख सल्लाहकार डा. श्याम कार्की, सल्लाहकारहरु रोहिणी शर्मा तथा डा. दुर्गा दाहाल, बिओटी अध्यक्ष गीता खत्री, उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्मा, कोषाध्यक्ष राम लामा अविनाशी, अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ ट्रस्टी भवन भट्ट, डा. चुडामणि खनालले पुरस्कारको समुचित व्यवस्थापनका लागि आफ्ना विचार प्रस्तुत गर्नुभयो ।

यस अघि यसै वर्ष अनेसास बोर्ड अफ ट्रस्टीले अनेसास माधव घिमिरे स्मृति काव्य पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी संस्कृति पुरस्कारको स्थापना गर्ने निर्णय गरिसकेको छ । स्व. राष्ट्रकविको स्मृतिमा प्रदान गरिने पुरस्कारका लागि ट्रस्टी डा चुडामणि खनालले दुई हजार डलर र बिओटी अध्यक्ष गीता खत्रीले दुई हजार डलर प्रदान गर्ने घोषणा गरिसक्नुभएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी संस्कृति पुरस्कारका लागि अनेसास अध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले दुई हजार डलर प्रदान गर्ने घोषणा गर्नुभएको छ । पुरस्कार समितिले यी दुवै पुरस्कारहरुलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारजस्तै अक्षयकोषको व्यवस्था गरी ब्याजबाट पुरस्कारको स्थायित्व गर्ने निर्णय गरेको छ ।

सहभागी पुरस्कारदाताहरुले पुरस्कार वितरणका लागि छानिने प्रतिभा तथा तिनका पुस्तकहरुको पारदर्शी मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउनुपर्ने, पुरस्कारको संख्यालाई सीमित गरी यसको स्तरीयतामा जोड दिनुपर्ने, प्रवासमा भाषासाहित्य र संस्कृतिको उन्नयन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्न व्रिmयाशील संस्था अनेसासले वितरण गर्ने पुरस्कारहरु प्रवासमा बसेर भाषासाहित्यको क्षेत्रमा समर्पित स्रष्टाहरुको सम्मानमा प्रदान गरिने व्यवस्था हुनपर्ने कुरामा जोड दिनुभयो ।

बैठकमा अनेसासले प्रदान गर्ने पुरस्कारको प्रायोजन गर्नुहुने विद्वान लक्ष्मण सत्याल, ट्रस्टी भीम कार्कीकी आमा ताराकुरमारी कार्की र ट्रस्टी डा. चुडामणि खनालका पिता डिल्लीप्रसाद खनाल तथा हजुरआमाको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरियो ।

Press-release-of-INLS-BATSA-AWARD

प्रतिक्रिया