काठमाडौँ:अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’यु ट्युबमा सार्वजनिक गरिएको छ।चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन ।चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली चलचित्रमा लगानी उठाउने कलाकारको रुपमा हेर्ने गरिन्छ । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन्।चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।
चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ।
प्रतिक्रिया