विराटनगर,१८ मङ्सिर।प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीहरुको रात्रिखेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले पुरा गरेको छ।
विराटनगरको सहिद रङ्गशाला रात्रीकालिन खेलकूद सञ्चालन गर्न निकै अगाडिदेखि माँग रहदै आएकोमा प्रदेश सरकारले आज सो रङशालामा फ्लड लाइट जडान(रात्रिकालिन बत्ति)को जडान शुरुबाट उनीहरुको इच्छा पुरा गरेको हो।
सामाजिक विकास मन्त्रालयले रु ४ करोड २९ लाखमा गत वर्षको असोज १ गते कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो।
बन्दाबन्दीको कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ।
फ्लड लाइट जडानको कार्यको आज शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रङ्गशालालाई समयानुकुल अत्याधुनिक रुपमा निर्माण गर्ने बताउनुभयो।
उहाँले विराटनगरलाई खेलकुदमय नगरको रुपमा विकासका लागि काम सुरु भएको बताउदै कोभिड–१९ बाट थलिएको खेलकुद गतिविधि चाँडै सुरु गर्ने जानकारी दिनु भयो।
मन्त्री घिमिरेले रङ्शालाको संरचना पुरानो भएकाले यसको सुधार,मर्मत र सुविधा सम्पन्न बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रङ्गशालाको प्याराफिटको स्तरोन्नतीमा विशेष ध्यान दिइने बताउदै बैजनाथपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई चाँडै सम्पन्न गरी नगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्र्नु पर्नेमा जोड दिनु भयो।
लाइट जडानका लागि भारतबाट १० जना प्राविधिक कार्यरत रहेका छन्।
प्रतिक्रिया