गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

कृष्ण के सी, अमेरिका २०७७ मंसिर १६ गते १०:४३ मा प्रकाशित

कृष्ण के सी, अमेरिका

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रुपान्तरणका कुरा पहिला पनि उठ्दै गरेता पनि २०१५ बाट भने अध्ययन र डकुमेण्टेशन गर्न सुरु भएको हो।

नेपाली डायस्पोराका हरेक ठाउँमा कतिले प्रस्ताव राख्छन र कतिले बिरोध गर्छन। तर म गैरआवासीय नेपाली संघको रुपान्तरणलाइ विरोध होइन नियमित रुपमा केहि विकल्प दिने प्रयास गर्दैछु। मेरो कुरा कसैलाई मन परोस या नपरोस तर पनि विचार नियमित रुपमा राख्ने हो। के थाहा खसीको बोसो पनि नपाएको दिन गुन्द्रुकको पोको पो खोल्लान कि ?

यसै क्रममा गत पटक गैरआवासीय नेपाली संघ रुपान्तरण: १ मा तीन प्रकारका सदस्यता गरौं भन्दै एउटा विकल्प पस्केको थिएँ।हेर्न चाहनुहुन्छ भने: https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

यो पटक संघको संचारको पाटो चुस्त र दुरुस्त बनाउन अर्को विकल्प दिने प्रयास गरको छु। म, आफू २०१३ देखि संघको यो बिभागमा सक्रिय छु। हुन त यसबारे पहिला पनि कुरा राखेको छु। तर पनि यो पटक अलिकति ठाडो रुपमा दिने प्रयास गरेको छु। अब संघको संचार टिममा प्रवक्ताका साथ सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजकको पनि ब्यबस्था गर्नुपर्ने टड्कारो आवश्यकता देखियो।

प्राय गरी संसारका सरकार र संस्थाहरुका प्रमुख प्रत्यासीले चुनाव प्रचारका हेड या टोलिबाट नै प्रवक्ता बनाउने चलन छ। अमेरिकी राष्ट्रपतिका व्हाइटहाउस संचार टिममा पनि त्यसै गर्ने चलन छ। अनि निर्वाचित राष्ट्रपति जो बाइडेनले पनि त्यसै कुरालाई निरन्तरता दिंदै ७ जना बरिष्ठ व्यक्तिहरु मनोनयन गरेका छन्।

हाम्रो एनआरएनएमा पनि अब प्रवक्ता अध्यक्षका प्रत्यासी निर्वाचित हुनु पहिला नै तोक्ने ब्यबस्था गर्दा राम्रो हुने देखियो। अन्यथा प्रवक्ता कम्प्रोमाइजमा ल्याउने गर्दा संचारको पाटोले संघमा राम्रो काम गर्न सकेको देखिएन।

यति मात्र होइन अब संघमा सहायक प्रवक्ताको पनि ब्यबस्था गर्नु जरुरी देखियो। कामको चाप र संयोजनलाइ हेर्दै संघको आन्तरिक पाटो प्रवक्ताले र संचारको पाटो सहायक प्रवक्ताले हेर्ने गर्दा संचार चुस्त हुन्छ। तर उनीहरुको योग्यता पनि तोक्दा अत्यन्तै राम्रो हुने देखियो। सहायक प्रवक्ताको बरियता सह-कोषाध्यक्ष भन्दा पछि रहने गर्दा उपयुक्त देखिन्छ। यसका कारण छन्। सहायक प्रवक्ता चाहिँ अध्यक्षका चुनाव प्रचार टोलीका संचार हेर्ने मध्येकै हुनु उपयुक्त देखिन्छ। उनलाई पनि अध्यक्षले मनोनयन नै गर्ने हो।

त्यसैगरी क्षेत्रीय स्तरमा संचारको काम कि भएका छैनन् कि संयोजन भएनन। अब क्षेत्रीय स्तरमा पनि महिला र युवा संयोजक जस्तै संचार संयोजक पनि थप गर्नु पर्नेभयो। उनीहरुको बरियता क्षेत्रीय युवा संयोजक पछि रहने गरि। तर क्षेत्रीय संचार संयोजकलाइ प्रवक्ता र सहायक प्रवक्ताले अन्तरवार्ता गरेर सिफारिस गरेपछि अध्यक्षद्वारा मनोनयन गर्ने ब्यबस्था हुनु उपयुक्त देखियो। यस्ता मनोनयन गर्ने पोष्ट अध्यक्षले गरेर बैठकमा जानकारी चाहिं गराउने तर बैठकबाट अनुमोदन गर्नु जरुरी छैन।

अनि यसरी बन्ने मिडिया कमिटी ९ सदस्य हुनेछ:

  • संयोजक-प्रवक्ता
  • सहसंयोजक- सहायक प्रवक्ता
  • सदस्य- क्षेत्रीय संचार संयोजकहरु ६ जना
  • सदस्य सचिव- संचार हेर्ने कर्मचारी १ जना

प्रतिक्रिया