प्रदेश नं १ मा २२६ सङ्क्रमित थपिए, १०२ निको भएर घर फर्के

इनेप्लिज २०७७ मंसिर १५ गते १२:२९ मा प्रकाशित

विराटनगर,१५ मङ्सिर।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २२६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको एक हजार ५३ जनाको पिसिआर परीक्षणमा ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा ७६ मध्ये विराटनगरमा ४९,सुनसरीमा ४८,झापामा ४५,ताप्लेजुङमा २१,उदयपुरमा नौ, इलाम र धनकुटामा पाँच÷पाँच सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा एक÷एक र प्रदेश बाहिरका १३ जना रहेका छन्।प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २६२ पुगेको छ।

यस प्रदेशमा आज १०२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा हालसम्म एक लाख ९१ ह्जार ४२६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया