महासंघ निर्वाचनःअमृत भट्टचनको उम्मेदवारीले चितवन र परासीका उद्यमी उत्साहित

सुरेश कोइराला २०७७ मंसिर ११ गते १२:२५ मा प्रकाशित

काठमाडौँ ,सुरेश कोइराला । गैंडाकोट उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष अमृत भट्टचनले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । शालिन भट्टचन एक शाहसी, आटिला तथा जोखिम उद्यमी हुन् । उद्यमी व्यवसायीको भट्टचनले चन्द्रप्रसाद ढकालको प्यानलबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारीले चितवन तथा परासीका आम उद्यमीले इज्जत र प्रतिष्ठका साथ लिएका छन् । गैंडाकोट उद्योग वाणिज्य संघ स्थापना भएदेखि हालसम्म निरन्तर अध्यक्ष रहेका भट्टचनको उम्मेदवारीले चितवन र परासीका उद्यमीलाई उत्साहित बनाएका उनले बताए ।

‘यदि म विजय भए भने साना उद्यमीदेखि सबैको समस्यालाई महासंघमार्फत समाधान गर्ने प्रर्यास गर्छु,’ उनले भने ‘उद्यम व्यवसायका क्रममा आफूले भोगको जस्तो अप्ठ्यारो अन्य उद्यमीलाई पर्न दिन्न् ।

औद्योगिक शान्ति कायम गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सुदृढीकरण, श्रमिकको सीप विकास, विज्ञान प्र्रविधिमा आधारित अर्थतन्त्रको विकास तथा आर्थिक कुटनीतिमा समेत विशेष ध्यान दिने उनले बताए ।

प्रतिक्रिया