नेपालमा एकैदिनमा १९४८ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर १० गते ११:४५ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार ९ सय ४८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा उक्त तथ्यांक आएको हो । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका र कास्कीमा मात्रै ५ सय भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कास्कीमा ७ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौंमा ७ हजार ६ सय ६०, भक्तपुरमा ५ सय ८० र ललितपुरमा १ हजार ४ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३ हजार १ सय ४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए । यसै गरि कोरोना भाइरसबाट निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय १० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।

बिगत ४ घण्टामा थप २८ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय ८९ पुगेको छ । हाल मनाङ, मुगु र डोल्पा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेपनि ती जिल्लामा न्यून संख्यामा रहेका छन् ।

प्रतिक्रिया