मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:२५
वासिङटन डिसी 12:40

अनुभव बने अनलाइन टयालेन्ट शोको बिजेता, नित्या शर्मा बनिन् सेकेण्ड रनरअप

इनेप्लिज २०७७ मंसिर ८ गते २२:३९ मा प्रकाशित

काठमाडौं । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् ।

हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनर अपको उपाधि खावात सुब्बाले जित्न सफल भएका छन् ।

त्यस्तै थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनर अपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् ।

कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ सर्मथन दिने विषयमा जोड दिए ।

त्यस्तै हिमालयन म्यूजिक एकेडेमी अध्यक्ष गजमेरले उक्त पुरस्कार कोरोना महामारीको संकट टरेपछि एक भब्य कार्यक्रमको आयोजना गरेर बिजेताहरुलाई प्रदान गरिने बताए ।

प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।

कार्यक्रममा जजका रुपमा नायिका सांरगा श्रेष्ठ,अर्जुन रसाइली, विकास थुलु, सन्तोष रामदाम र गोपी दाहाल रहेका छन् ।

प्रतिक्रिया