पटक पटक रुवायो यस भिडियोले किन यति धेरै मार्मिक बनेको होला ? (भिडियो सहित)

इनेप्लिज २०७७ मंसिर ७ गते १६:२९ मा प्रकाशित

अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ भने भिडियोमा पुष्पको काम तारिफयोग्य देखिन्छ ।

निकै मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारले स्वर दिएका छन् । प्रभा बर्तौलालले लेखेको यस गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतको भिडियो पनि निकै मार्मिक बनाइएको छ ।

एक सच्चा प्रेम घर परिवारका कारण बिच्चैमा छुट्नु पर्दा हुने पिडालाई भिडियोमा देखाइएको छ । निकै नै मेहनत र लामो समय लगाएर खिचिएको यस भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

प्रतिक्रिया