नेपालमा एकैदिनमा १६६९ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर ७ गते १२:१७ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार ६ सय ६९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो सँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

साथै ५ हजार ६ सय ९९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

आज १६ जनाको ज्यान गएको छ भने नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको छ । यस्तै गरि आइतबार सम्म पिसीआर प्रविधिबाट १६ लाख ६० हजार ७५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २० हजार १ सय ६६ जना रहेका छन् । विभिन्न अस्पताल तथा एकान्तवास केन्द्र (आइसोलेशन सेन्टर)हरुमा ६ हजार ५ सय ५४ जनाको उपचार भइरहेको छ । साथै गृह एकान्तवास (होम आइसोलेसन)मा बस्नेको संख्या १३ हजार ६ सय १२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालका सघन कक्ष (आइसीयु) मा ३ सय ५९ जना संक्रमित उपचाररत छन् । यसैगरी स्वयम निगरानी (क्वारेन्टिन)मा ६ सय ८६ जना रहेका छन् ।

हाल सम्म एकैजना पनि कोरोना संक्रमित नभएको जिल्ला मनाङ र मुगु हो ।

प्रतिक्रिया