नारायणकाजी श्रेष्ठद्वारा गोर्खा लाइभको उद्घाटन

इनेप्लिज २०७७ मंसिर ७ गते ११:०८ मा प्रकाशित

नेपाली संचार क्षेत्रमा निष्पक्ष समाचार बाट सुसूचित गराउने उदेश्यले आज गोर्खा लाइभ अनलाइनको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोह बीच उद्घाटन गर्नुभएको छ भने कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन”अमर” लाई नारायण काजी श्रेष्ठ द्वारा उक्त कार्यक्रममा “गोर्खा लाइभ सम्मान-२०७७” बाट सम्मानित गरिएको छ।कार्यक्रममा नारायणकाजी श्रेष्ठ बाट अनलाइन क्षेत्र बाट पनि देश तथा बिदेश जता सुकै सत्य तथ्य पस्कनु पर्ने कुरा बताउनु भयो ।

कार्यक्रमको सभापतित्व दिपक गुरुङले गर्नु भएको थियो भने प्रमुख अथिती नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको थियो।अथितिमा साहित्यकार सुरेन्द्र महर्जन”अमर” गोर्खा लाइभ डट कमको सफलता एवं उन्नतिको कामना गर्नु भयो।कार्यक्रममा पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो।गोर्खा मिडिया प्रा. लि बाट संचालित अध्यक्ष प्रेम बहादुर भेगा रहनु भएको छ।कार्यक्रम संचालन पत्रकार बिनिता क्षेत्रीले थियो ।

 

प्रतिक्रिया