समाजसेवी गोयलद्वारा तीन हजार साडी र कम्वल प्रदान

इनेप्लिज २०७७ मंसिर ६ गते १५:३१ मा प्रकाशित

विराटनगर,

विराटनगरका समाजसेवी एवम् उद्योगी दीनबन्धु गोयलले सर्लाहीको चक्र घट्टा गाउँपालिकाका महिलालाई साडी वितरण गर्नु भएको हो।

समाजसेवी गोयलले छठ पूजाका अवसरमा तीन हजार ब्रतालु महिलालाई साडी वितरण गर्नु भएको हो।

गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गोयलबाट प्राप्त साडी महिलाहरुलाई वितरण गरेको जानकारी दिनु भयो।

सोही अवसरमा गोयलबाट प्राप्त एक हजार कम्वल गरीवहरुलाई वितरण गरिएको थियो।

समाजसेवी गोयलले विराटनगरका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रत्येक वर्ष छात्रवृत्ति समेत प्रदान गर्दै आउनु भएको छ।

प्रतिक्रिया