तडीमा ११ गाई मृत अवस्थामा भेटिए, कसले यस्तो गर्यो ?

इनेप्लिज २०७७ मंसिर ६ गते ३:१३ मा प्रकाशित

बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका- ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा ११ वटा गाई मृत अवस्थामा फेला परेको छ । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको जानकारी दिए ।

पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिइन् ।

पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । हेर्नुहोस मंसिर ६ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया