विराटनगर महानगरका प्रमुख पराजुलीले घरमा मनाउनु भयो छठ पर्व

मनोज दाहाल २०७७ मंसिर ५ गते २३:४७ मा प्रकाशित

 


मनोज दाहाल,

विराटनगर,५ मङ्सिर।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना महामारीका कारण यस वर्षको छठ पर्व आज घरमा मनाउनु भएको छ।

प्रमुख पराजुलीले विगत १६ वर्षदेखि घरदेखि सिंघिया घाटसम्म करीव छ किलोमिटर दण्ड प्रणाम(दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुग्ने गर्नु भएकोमा यस वर्ष विराटनगर–३ स्थित आफ्नै घरको वारीमा सानो पोखरी बनाई आज अस्ताउँदो सूर्य भगवानलाई अर्घ दिनु भयो।

प्रमुख पराजुली निराहार ब्रत वसी छठको पूजा गर्दै आउनु भएको छ।प्रमुख पराजुली,श्रीमती रञ्जीता पराजुली र परिबारका सदस्यहरुले आज घरबाट बारीमा बनाएका पूजास्थलको पोखरीसम्म दण्ड प्रणाम गरी जानु भयो।

नगर प्रमुख पराजुली,आमा,श्रीमती र परिबारका सदस्यहरुले अस्ताउँदो सूर्य अर्घ दिनु भयो।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले कोरोना महामारी समुदायमा फैलिएकोले नगरवासीको सुरक्षाका लागि घरमा छठ पर्व गर्न आग्रह गरे अनुसार घरमा गरेको बताउनु भयो।

नगरबासीको सुख,शान्ति र समृद्ध,सुरक्षा र लोक कल्याणको कामनाका लागि छठको ब्रत वसेको प्रमुख पराजुलीले जानकारी दिनु भयो।उहाँले शरीरले साथ दिएसम्म ब्रतलाई निरन्तरता दिने बताउनु भयो।

विराटनगरका नगर क्षेत्रका नगरको छेउ,सिंघिया नदी, केसलिया नदी,विभिन्न पोखरी तथा आफ्नै घरमा निर्माण गरिएको पोखरीमा भक्तजनहरुले छठ पर्वको दोश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।

यस वर्ष जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाले सुरक्षित साथ छठ पर्व मनाउन आग्रह गरे अनुसार दुरी कायम गरी पूजा गरिएको छ।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया