क्यानेडियान नेवाः गुथि द्वारा नयाँ बर्ष नेपाल सम्बत ११४१को कार्यक्रम तथा म्हपुजा सम्बन्धि प्रबचन सम्पन्न

इनेप्लिज २०७७ मंसिर ५ गते ७:४९ मा प्रकाशित

टोरोन्टो, क्यानेडियान नेवाः गुथि द्वारा नयाँ बर्ष नेपाल सम्बत ११४१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान को साथै तथा म्हपुजा सम्बन्धि प्रबचन कार्यक्रम भर्च्युल माध्यम बाट सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा स्वागत मन्तब्य ब्यक्त गर्नु हुन्दै गुथिका महासचिब बिमल श्रेष्ठले बिस्व ब्यापि रुपमा फैलिरहेको कोरोना- १९ ले गर्दा भर्च्युल माध्यम बाट कार्यक्रम आयोजना गर्नु परेको बताउनु भयो ।स्वागत मन्तब्य पछि रंजना सैंजु र अमर सैंजु दम्पतिले सिटार र मादलको तालमा मंगल धून एबम देउसी भैलो धून प्रस्तुत गरे भने सुरेन्द्र लाल श्रेष्ठ र सिल्भिया श्रेष्ठले धिमे बादन प्रस्तुत गरेका थिए। तत्पस्चात गुथिका अध्यक्ष्य प्रकाश प्रधानले कलात्मक नेवा पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नु को साथै नयाँ बर्ष नेपाल सम्बत ११४१ को उपलक्ष्यमा सम्पूर्ण महानुभाबहरुको सुख, समृद्दि तथा सुस्वास्थ्यको कामना गर्नु भयो ।

शुभकामना आदान प्रदानको क्रममा वर्ल्ड नेवाः अर्गनाईजेसनका अध्यक्ष्य सीजन श्रेष्ठले नेपाल सम्बतले राष्ट्रीय मान्यता पाउन गर्नु परेको संघर्ष बारे बताउनु भयो। साथै उहाँले नेवाः सम्पदा र संस्कृतिको संरक्षण र प्रबर्द्दनको लागि युबा पुस्तामा ज्ञान र शीप हस्तान्तरण गर्नु पर्ने आजको आबश्यकता हो भन्नु भयो । नेवाः बौद्ध धर्म सम्बन्धमा अनुसन्धानरत टोरोन्टो बिस्व बिद्यालयमा पिएच. डी. तहका शोधकर्ता ईयन टर्नरले नेवाः पर्बहरुम प्रयोग हुने खाना तथा पूजा सामाग्रीहरु स्वास्थ र बाताबरण संग सम्बन्धित रहेको बताउनु भयो। साथै उहांले नयाँ बर्ष नेपाल सम्बत ११४१ को उपलक्ष्यमा सबैमा शुभकामना ब्यक्त गर्नु भयो। उहाँले आफ्नो मन्तब्य नेवाः भाषामा दिनु भएको थियो ।गुथिका आजीबन सदश्य लक्ष्मण मुनी श्रेष्ठले गुथिका कार्यक्रमहरु सराहनिय रहेको बताउनु भयो ।

कार्यक्रमको अर्को चरणमा म्हपुजा र यसमा प्रयोग हुने सामग्री तथा खाद्द्य बस्तुको जीबन दर्शनसंग को सामिप्यता बारे मन्तब्य दिनु हुन्दै गुथिका उपाध्यक्ष उत्तम माकजूले म्हपुजामा प्रयोग हुने मण्डप चेतन रुपि अन्तरात्मा र प्रकृतिरुपि भौतिक देहको संगम भएको बताउनु भयो। म्हपुजा नेवाः संस्कृतिको अमुर्त सम्पदा रहेको र यो आफूलाई शुद्द, सबलिकरण तथा समझदार बनाउने सांस्क्रितिक प्रकरण हो भन्नु भयो । म्ह पुजा बिधि बारे प्रकाश पार्नु हुन्दै गुथिका सचिब डा. प्रज्वल प्रधानले म्हपुजाको मौलिकता बारे बताउनु भयो। साथै उहाँले आफुले तयार पार्नु भएको नेपाल सम्बत कार्यक्रम बारे को दृष्य चित्र पनि प्रदर्शन गर्नु भयो ।कार्यक्रममा गुथिका कोषाध्यक्ष नरेश ताम्राकारले यस बर्ष बनेका साधारण तथा आजिबन सदश्यहरु बारे अध्याबधि गर्नु भयो ।

 

कार्यक्रममा सहभागिहरुको मनोरन्जनार्थ बिमल श्रेष्ठ, सुमन राजबन्सी, सुरेन्द्र लाल श्रेष्ठ, डा. प्रज्वल प्रधान, उत्तम माकजूले नेपाल भाषाका बिभिन्न गीतहरु प्रस्तुत गर्नु भएको थियो भने रबी मान सिं बस्नेतले कबिता बाचन गर्नु भएको थियो। कार्यक्रममा नेपाल सम्बत र म्हपुजा सम्बन्धि हजिरी जवाफ पनि संचालन गरिएको थियो।कार्यक्रमको अन्त्यमा गुथिका जन सम्पर्क संयोजक सुमन राजबन्सीले सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया