उद्योगी राउत–नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

मनोज दाहाल २०७७ मंसिर ४ गते २२:३० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर ४ मङ्सिर।नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका सफल एवं प्रतिष्ठित उद्योगी राजेन्द्र राउत आज निर्विरोध निर्वाचित हुनु भएको छ।

महासंघको प्रदेश उपाध्यक्ष समेत रहनु भएको उद्यमी राउतको मात्र प्रदेश नं १ बाट आज उम्मेदवारी दर्ता परेपछि निर्विरोध निर्वाचित हुनु भएको हो।

मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहनु भएका राउतले महासंघको प्रदेश केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको थियो।उद्योगी राउत विभिन्न उद्योग व्यवसायमा सङ्लग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रुपमा लागिरहनु भएको छ ।प्रदेश नं १ सरकारद्वारा कोरोना भाइरस नियन्त्रण, रोकथाम लागि स्थापित उपचार कोषमा रु १० लाख,विराटनगर महानगरपालिकाले पिसीआर मेशिन खरीदकालागि स्थापित कोषमा रु सात लाख ,असहाय तथा रोजगार गुमाएका मानिसलाई खाना खुवाउन रु एक लाख सहित नागरिक केयर सेन्टरद्वारा कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रका आइशोलन केन्द्रमा नगद र भौतिक सामाग्री सहयोग गर्नु भएको छ।

विकास निर्माण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आउनु भएका राउतले धेरै सङ्ख्यामा स्थानीय नागरिकहरुलाई रोजगार प्रदान गर्नु भएको छ।

उद्यमी राउतको राउत कन्ट्रक्सन, अन्नपूर्ण सिमेन्ट, साङ्ग्रिला चप्पल सहितका विभिन्न उद्योग र व्यवसायहरु सञ्चालनमा रहेका छन्।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया