नेपालमा एकैदिनमा २,१११ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक २८ गते ११:५१ मा प्रकाशित

नेपालमा एकैदिनमा २ हजार १ सय ११ जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

प्रतिक्रिया