दीपावलीको अवसर पारेर ‘गुञ्जन’को फष्टलुक सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक २८ गते १०:१४ मा प्रकाशित

’काठमाडौं।अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ।दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो।

सार्वजनिक फष्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक देख्न सकिन्छ।

बिगत २ दशकदेखि फिल्मको द्धोन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो।आफुले फिल्म क्षेत्रबाट सिकेको,जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताए।

विुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल,हिउँवाला गौतम, कविर खड्का,रोहन शाही,निरुता स्याङताङ,कन्चन चालिसे,सुस्मिता बराल,इभा श्रेष्ठ,अमोद भट्ट,आइपी आचार्य,ऋचा शर्मा,अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ।प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन्।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो।फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत रहेको छ।उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन्।

राजु श्रेष्ठको छायाँकन,बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह,अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौ,पोखरा,जोमसोममा छायाँकन भएको छ।

प्रतिक्रिया