नेपालमा एकैदिनमा १९१३ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक २७ गते ११:५१ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार ९ सय १३ जना कोरोनाबाट भाइरसबाट संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हाल सम्म संक्रमितहरुको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने मृतकको संख्या कूल १ हजार १ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् । कूल संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।

अहिले देशभर संक्रिय संक्रिमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया