अर्जुनको ‘गोठालो’मा योगेश र गीताको प्रेम ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक २७ गते ११:१६ मा प्रकाशित

काठमाडौं । गायक अर्जुन बोसेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘गोठालो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

पृथक शैलीको प्रेम कथामा आधारित यस गीतमा स्वर , शब्द र संगीत गायक अर्जुन बोसेलको रहेको छ। यस गीतलाई योगेश काजीले संगीत संयोजन गरेका हुन्।

स्वयम गायक बोसेलको कथा र परिकल्पना रहेको म्युजिक भिडियोमा योगेश काजी र गीता ढुंगाना बीचको अनस्क्रिन प्रेम देख्न सकिन्छ। यसका साथै देवेन्द्र बब्लु, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, निता थकाली, सुनिता घिमिरे, प्रिति तामाङ, सुदिक्षा थकाली लगायतका कलाकारहरुको अभिनय समेत देख्न सकिन्छ। कालिञ्चोकमा छायांकन गरिएको भिडियोमा अनिल के मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ। प्रकाश बोसेल उत्पादक रहेको यस भिडियोलाई देवेन्द्र बब्लुको निर्देशनमा तयार पारिएको हो। गायक बोसेलको अफिसिएल युट्युव च्यानल ‘अर्जुन बोसेल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक बोसेलले यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक गरिसकेकाछन्। गायक बोसेलले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रतिक्रिया