एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक २५ गते २२:३७ मा प्रकाशित

अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन्।नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन्।यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को बिजेता पनि रहेका छन्।उनको यो पहिलो म्युजिक भिडियो हो।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ भने एलेन मगरको छायाङ्कन,एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ।

प्रतिक्रिया