बुधबार, मंसिर १० २०७७
काठमाडौं ०६:०४
वासिङटन डिसी 19:19

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक २५ गते ११:५१ मा प्रकाशित

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ ।एक प्रेम कथामा बनेको गीतको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ । भिडीयोलाई निकेस खड्काले निर्देशन गरेका हुन् ।

जहाँ केकी अधिकारी ,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस रहेको छ ।यस अघिका दुई गीतहरु “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउछिन् ।

प्रतिक्रिया