अन्तः शुल्क घटेको छ

इनेप्लिज २०७७ कार्तिक २५ गते १०:०५ मा प्रकाशित

विराटनगर,२५ कात्तिक(रासस)आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको अवधिमा कुल रु.एक अर्व ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ।

सो अवधिमा कार्यालयले रु.एक अर्व ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।लक्ष्यमा रु.३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औधौगिक उत्पादनमा गिरावट आउनु र मदिारजन्य पदार्थको कारोबारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो।तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ।

असोज महिना सम्ममा आम्दानी करमा १११ प्रतिशत,मूल्यअभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ।

सङ्कलित राजस्वमा आम्दानी कर रु.५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर रु.५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क रु.५१ करोड ६४ लाख ७८ लाख छन्।

कार्यालयबाट प्राप्त जानकारी अनुसार असोज महिनामा आम्दानी करमा १२३ प्रतिशत,मूल्य अभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ।सो महिनामा रु.६५ करोड ३० लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.६३ करोड २१ लाख ९१ हजार राजस्व सङ्कलन गरी लक्ष्इमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो।

प्रतिक्रिया