माॅ बगलामुखि उपभोक्ता सहकारी संस्था लि मा अधिवक्ता लक्ष्मण महर्जन अध्यक्षमा पुनः निर्विरोध निर्वाचित

इनेप्लिज २०७७ कार्तिक २४ गते १०:४८ मा प्रकाशित

ललितपुर महानगरपालिका -११ , कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा २०७७ कार्तिक २२ गते ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा सम्पन्न भयो।सहकारी विभागको निर्देशनलाई पालना गरी भर्चुअल विधिबाट सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनकोअध्यक्षता र सचिव सुनिल महर्जनको सञ्चालनमा सम्पन्न भयो।त्यस साधारणसभाले सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.ले उल्लेख्य प्रगति गर्न सफल भएको छ भन्नुभयो । उहाँले फुटसल तथा जिमखाना लगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको बताउनुभयो । सोही सभामा त्यसै संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । साधारणसभाले ती प्रतिवेदनहरु पारित ग-यो । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा शेयर पूँजी रु.२,५१,०७,९०० , निक्षेप संकलन रु.१२,१४,६३,४९५ , कर्जा लगानी रु,११,१७,८५,७७२ र कुल सम्पति रु,१६,०८,७६,०७२ रहेको त्यस सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ।

उक्त साधारण सभाले ४ वर्षे कार्यकाल रहनेगरी पुन: अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार , सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन , मुकेश खड्गी र रविता तण्डुकार हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समीतिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीप कुमार श्रेष्ठ चयन हुनुभएको छ ।

आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरेको त्यस संस्थाले फुटसल र जिमखाना सञ्चालन गरिरहेको छ । यसैगरी सोही संस्थाले त:ननी बचत तथा ऋण सहकारी संस्था लि.सँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फ्लावर स्कुल सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया