सामाजिक दुरी कायम गरी छठ पूजा गर्न दिन माँग

इनेप्लिज २०७७ कार्तिक २३ गते १४:१४ मा प्रकाशित


विराटनगर,२३ कातिक ।कोरोना भाइसरको महामारी समुदायमा वृद्धिको कारणले स्थानीय प्रशासनद्वारा सामूहिक रुपमा गरिने छठ पूजा रोक सम्वन्धमा यहाँ विभिन्न समितिले विरोध गरेका छन्।

मोरङका नौ बटा छठ पूजा समितिले आज यहाँ गरेको पत्रकार सम्मेलनमा छठपुजा आस्था र विश्वासको धरोहर रहेकाले आफुहरु यो पर्व विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्डमा अनुसार गर्ने बताएका छन्।

भैतिक दुरी कायमगरी सामान्य तरीकाले पर्व मनाउन व्रतालुहरुले नदीमा वा तलावमा अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिने कार्य कतैवाट रोक नहोस भन्ने माँग गरेका छन्।

पत्रकार सम्मेलनमा त्रिलोकीनाथ तथा छठ पूजा मन्दिर,झरना चौक छठ पूजा समारोह,पिछरा वडा नं ११ छठ पूजा समारोह समिति,हिन्दु परिषद नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य यूवा संघ , मोरङ माछा व्यवसाय संघ,मरिक टोल संगठनका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो।छठ पूजा आगामी मङसरि ५ र ६ गते रहेको छ।

प्रतिक्रिया