आफुलाई भेट्न आएका प्रचण्ड सहित नेकपाका ५ नेतालाई यस्तो भनेर फर्काइदिए प्रधामन्त्रीले, अब के हुन्छ ?

इनेप्लिज २०७७ कार्तिक २३ गते ६:११ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए ।

नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । शनिबार नै सचिवालय बैठक तोक्ने प्रयास भएपनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्रीसँग सहमति मागेका छन् ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका हुन् । हेर्नुहोस कार्तिक २३ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया