सत्यकला राईको आवाजमा रहेको ‘याईँ र्‍याईँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक ।

इनेप्लिज २०७७ कार्तिक २३ गते २:४२ मा प्रकाशित

काठमाडौं ।लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको आवाजमा रहेको ‘याईँ र्‍याईँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ । ।गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् ।

उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत याईँ र्‍याईँ सारङ्गीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ।गीतमा मौलिक शब्द तथा नेपाली जनजिवन सुहाउदो परिवेशलाई बर्णन गरिएको छ।

याईँ र्‍याईँ सारङ्गी’ को म्यूजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ। विशेष कार्यक्रमका बीच सार्बजनिक गरिएको याईँ र्‍याईँ सारङ्गी’ भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने सम्पादन रहेको माधव वेलबासेको। भिडियोको छायाँङ्कन आवेश बज्राचार्यले गरेका हुन्।त्यस्तैगरी साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन्।भिडियो लाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया