सार्वजनिक भयो यो पटकको तिहार गीत / गीतमा अस्मि र सुरबिना अनि नरेन

इनेप्लिज २०७७ कार्तिक २२ गते २३:०० मा प्रकाशित

नेपाली सांगितक आकाशमा यो पटक भने पर्वका गीतहरु त्यति धेरै सार्वजनिक भएन। पहिलेको तुलनामा यो पटक न तीजमा धेरै गीत आयो न दशैमा न त अहिले सम्म तिहारमा नै। तर यो पटक भने तिहारमा एक छुट्टै खालको मौलिक गीत “देउसीरे..” सार्वजनिक भएको छ।

संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक भएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नेपाली चलचित्र नगरीको चर्चित नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि रिसाल र दिपिका थापालाई फिचर्ड गरिएको छ।

नेपाली गीत लगायत भारतीय गीतमा पनि अवाज तथा अभिनय गरी सकेकी गायिका अस्मि रिसाल नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने कोसिसमा रहेकी छिन। सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वोरुप यो गीत “देउसीरे” सार्वजनिक गरेकी हुन् ।

यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी ,मित्र गुरुङको सम्पादन रहेकोछ।निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक

प्रतिक्रिया