प्रदेश १ मा ५२७ डिस्चार्ज,४९८ सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक २२ गते १५:३७ मा प्रकाशित


विराटनगर,२२ कात्तिक।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन्।सो मध्ये महिला १९८ र पुरुष ३०० छन्।
आज थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७,सुनसरीमा १३८,झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन,पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुईदुई, भोजपुरमा एक र प्रदेश बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६१५ पुगेको छ भने आज ५२७ सहित अहिलेसम्ममा १३ हजार ५६७ जना निको भएर घर फर्किएका छन् । आज डिस्चार्ज हुनेमा सबै भन्दा बढी होमआइसोलेशनबाट ५२४ जना रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा दुई हजार ६७५ जना सहित कुल एक लाख ६९ हजार ९९५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया