विश्व रेकर्ड राख्न निधारमा सिङ, जीउमा साढे ४०० प्वाल

इनेप्लिज २०७७ कार्तिक २२ गते ८:५० मा प्रकाशित

शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् ।

रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन् उनले ।

आफ्नो जीउमाथि यतिधेरै प्रयोग गरिसकेपछि पनि उनलाई चित्त बुझेको छैन । जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहने उनले बताएका छन् ।

प्रतिक्रिया