गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको ‘सुनन स्विटहार्ट’ गीतको भिडियो सार्वजनिक भएको छ।गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गर्नुभएको छ।
टिकटक स्टार साथै गायिका समिक्षा बस्नेतको अफिसियल युट्युब च्यानल “Samikshya Basnet” बाट सार्वजनिक भएको गीतको भिडियोमा बिशाल रेग्मी, समिक्षा बस्नेत र कुमार पाण्डेको अभिनय देख्न सकिन्छ।
सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
प्रतिक्रिया