वीरेन्द्र रावल,
धनगढी,कात्तिक २०÷कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वडानम्बर ७ मा दुई वटा पक्की पुलको शिलान्यास तथा जोशीपुर गाउँपालिकाको वडा नम्बर ४ स्थित पथरिया नदीमा बनेको झोलुङगे पुलको विहीवार एकै दिन उद्वघाटन गरिएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित पानी खोला र बाँका खोला स्थित पक्की पुलको एक समारोहका बिच सुदूर पश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका छन्।
यस्तै सोही दिन जोशीपुर गाउँपालिकाको वडा नम्बर ४ स्थित लालपुरबाणी र जानकी गाउँपालिकाको वडानम्बर ४ स्थित जवलपुरको बिच भएर बग्ने पथरिया नदीमा निर्माण सम्पन्न भएको झोलुङगे पुलको मन्त्री बोहराले शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रम लाइ सम्बोधन गर्दै शिलान्यास कार्यक्रमको प्रमूख अतिथी एवं सुदूरपश्चिम प्रदेश सरकाकारका भौतिक पूर्वाधार विकास मन्त्री बोहराले देश विकासका लागि शान्ति,अमन चयन देखि लिएर राजनीतिक स्थितरता अनिवार्य रहेको बताएका छन्।
समाजको आवश्यक आवश्यकता भित्र पर्ने सडक,विजुली बत्ति स्वास्थ्य र यातायात जस्ता महत्वपूर्ण कुराहरु लाई स्थानीय,प्रदेश र संघीय सरकारहरुका बिचमा आपसी तालमेल र एकताको खाँचो आवश्यक रहेको पनि मन्त्री बोहराले जोड दिएका छन्।
देशमा लोकतन्त्र प्राप्त भैसकेपछि जनताले सोचे अनुरुप विकास निर्माणका कामहरु नभएता पनि दोस्रो बर्ष देखि जनताले विकासको अनुभूति गर्न पाउने सम्मका कामहरु भैरहेको पनि मन्त्री बोहरा ले सो अवसरमा बताए।
विकास निर्माणको सवालमा केहि भएको छैन भन्ने भन्दा पनि समाजमा सकरात्मक रुपले सडक,पुल पुलेसा देखि लिएर अन्य भौतिक पूर्वाधारको क्षेत्रमा भैरहेका सकरात्मक पाटो लाई जनस्तर सम्म पुगाउन नसकिएका कारण पनि विकास निर्माणको प्रचारको अभियानमा तिब्रता आउन नसकेको पनि मन्त्री बोहराले बताएका छन्।
वर्तमान सरकारले जनताको शिक्षा,स्वास्थ्य लगायत आधारभूत आवश्यकतालाई प्राथामिकताको आधारमा समाधान खोज्न सकियोस भन्नका लागि विकास निर्माणका योजना लाई आवश्यकताको आधारमा अगाडी बढाउने कार्यमा प्रदेश सरकारले कार्य गरिरहेको समेत मन्त्री बोहराले बताएका छन्।
कर्णाली चिसापानी जंगलघाट हुँदै अछामको मंगलसैन सम्म जाने सडकलाई सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशको गौरवको योजना अन्तरगत पर्ने बताएका छन्।साथै सो सडक खण्डमा स्तरोन्नती गर्दै सवारी साधनहरु सञ्चालनमा ल्याउने वातावरणको सृजना होस् भन्नका लागि सडकका आवश्यकब पूर्वाधारको विकासका लागि लाग्नु पर्ने बताउनु भयो।
सो अवसरमा बोल्दै नेकपा कैलालीका अध्यक्ष एवं सुदूर पश्चिम प्रदेश सभाका सदस्य रतन थापाले मोहन्यालको विकासका लागि आफुले विभिन्न मन्त्रालयमा ध्यानाकर्षण गराउने कार्यहरु भैरहेको बताएका छन्।
यस्तै कैलाली जिल्ला समन्वय समितिका प्रमूख सूर्य बहादुर थापाले कैलालीको कर्णाली चिसापानी हुँदै जंगलघाट मंगलसेन सडकको निर्माण कार्य अगाढी बढेको भएतापनि लक्ष्य अनुसार काम हुन नसकेको बताएका छन्।
यस्तै सो अवसरमा बोल्दै मोहन्याल गाउँपालिका का अध्यक्ष नवलसिंह रावलल ले सुगम जिल्लाको पनि दुर्गम मोहन्याल गाउँपालिका का विभिन्न वडाहरुमा बाटो घाटो पुलपुलेसा नभएका कारण जनताले शास्ती खेप्नु परिरहेको बताएका छन्।
सोही अवसरमा बोल्दै पूर्वाधार विकास कार्यालय कैलालीका प्रमूख श्याम खड्काले मन्त्रालयले अगाडी सारेका विकास निर्माण लगायतका कार्यमा पुल,पुलेसादेखि लिएर तटबन्द,खानेपानी जस्ता जनताका लागि नभई नहुने योजनाहरुरुलाई मन्त्रालयले प्रथामिकीकरणका आधारमा कार्यहरु सञ्चालन भैरहेको बताएका छन्।
भपूर्वाधार विकास कार्यालयका अधिकृत जनकराज जोशीले सञ्चालनमा गरेको कार्यक्रमको स्वागत वडानम्बर ७ का वडाअध्यक्ष खर अधिकारी र अध्यक्षता मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले गरेका थिए।
पानीखोलामा निर्माण हुन लागेको पुलको मालिका निर्माण सेवा कञ्चनपुरले ४ करोड ७३ लाख ४५ हजार ६ सय ३८ रुपैयाँ ३९ पैसामा ठेका सम्झौता भएको छ।यस्तै बाँका खोलामा निर्माण हुने पुलको लागत सम्झौता १ करोड ७३ लाख ३९ हजार ९ सय ६६ रुपैंया ४२ पैसामा ईन्द्रधनु अछामले ठेक्का लिएको बताइएको छ।
पानीखोला पुलको निर्माण कार्य एक बर्ष र बाँका खोलामा शिलान्यास गरिएको पुल पनि एक बर्ष भित्र निर्माण गरिसक्नु पर्ने भन्ने सम्झौता रहेको देखिन्छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया