विराटनगरमा पाँच जना कोरोना सङ्क्रमणबाट मुत्यु

मनोज दाहाल २०७७ कार्तिक २० गते २२:२४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२० कात्तिक।विराटनगरमा पछिल्लो १८ घण्टाको अवधिमा पाँच जना कोरोना सङक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा चार जना विभिन्न अस्पताल र एक जना होम आइशोलनका रहेका छन्।

सुनसरी इटहरी –१८ का ५५ वर्षिय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज अपरान्ह मुत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो ।मृतकलाई यही कात्तिक १७ उपचारका लागि भर्ना गरिएको थियो।

सोही अस्पतालमा सिरहा विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको आज आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएको प्रवन्धक दाहालले बताउनु भयो।

यसैगरी न्यूरो कोभिड अस्पताल विराटनगरमा सुनसरी इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताउनु भयो।

विराटनगर–११स्थित म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिनु भयो।

यस्तै विराटनगर–८ का ७० वर्षीय सङक्रमित पुरुषको होम आइशोलेसनमा बुधवार राति मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया