हाम्रो गुरु

रुवस पराजुली २०७७ कार्तिक २० गते १०:४४ मा प्रकाशित

गुरुले हामीलाई राम्ररी पढाउनु हुन्छ
गल्ती काम गर्यौं भने मायाले फकाउनु हुन्छ ।

राम्रो काम गरे हामी खुशी हुने गुरु
उहाँले हामीलाई भन्नु हुन्छ पढ खुरु खुरु ।

राम्रो काममा लाग्नलाई गुरुले नै सिकाउने
असल बन्नुपर्छ भन्दै राम्रो बाटो देखाउने ।

गुरु सँगै हामी रमाइ ज्ञानी भइ पढ्छौं
उहाँले भने जस्तै गरी हामी अघि बढ्छौं ।

ठूलो भइ सेवा गर भन्नु हुन्छ हामी लाई
हामी पनि सम्मान गरौं हाम्रो गुरुलाई ।

 

रुवस पराजुली
कक्षा २
जी एस निकेतन मावि हेटौंडा, मकवानपुर

 

 

 

 

प्रतिक्रिया