कहाँ छैन बिभेद याहा ?

बिष्णु सिंह (बैजु) २०७७ कार्तिक १७ गते २३:१३ मा प्रकाशित

पशुपति मुलद्वार प्रवेस गर्दै,
शिवको भक्तिमा तल्लिन,
साँढे लाइ नजर अन्दाज गर्दै,
शिव लिङमा दुध चढाईन्छ ।
परेवालाइ रमाएर अन्न खुवाउने,
बाँदर लाइ फलफुल खुवाएर्,
आफु आत्मा सन्तुष्टी लिने,
तर हलो जोत्नेलाइ बिर्सने ।
गाई लाइ गौमाता भनी श्रधा गर्ने,
बिजारोपण गर्ने पिता साँढेलाइ,
धुप्, र फलफुलको त कुरै छोडौ,
एक अजुली पानी नचढाउने।
शायद मनमा लाग्दो हो,
चुटेर जोत्ने लाइ के को श्रधा।
धर्म गर्छु भन्ने ढोंगी मानिस,
शिव कै अगाडी गर्छ बिभेद।
आफु दुध पिउने गौमाताको,
तर शुद्ध गर्ने बहानामा,
शुद्र्लाइ गौ मुत पिलाउने।
कहाँ छैन बिभेद याहा ?
भैशीले पनि त दुध दिन्छिन्।
तिनको गोबर गुईठाँले,
खाना पकाउने चुलो जल्द्छ्।
तर न माताको दर्जा,
न गरिन्छ उनको श्रधा र पुजा।
छाती निचोरि,
आफ्नो दुघ पिलाएर्,
मानव लाइ रिष्ट्-पुष्ट पार्ने, ।
बाख्री माता पनि छिन ।

तर उनकै शरिर टुक्रा-टुक्रा पारी
टाउको लुकाई,
खसि मासुको रुपमा बेचिन्छिन।
हेर्नोस निर्दयिताको सिमा छैन।
लक्ष्मी पुजामा सजाएईकी,
गौमाताको छाला काढदा,
निर्दयी मनलाइ पिडा हुदैन ।
सुन्दर जुत्ता र पहिरन बनाई,
सजाई दिने शिल्पकारलाइ,
मिजार भनी हेप्न छोडदैनन ।
अन्तराष्ट्रीय भन्ने साहित्य समाज,
स्त्रीलाइ मात्र पुरुस्कृत र
सम्मान् गरी अघी बढाउने ।
तर नव युवाहरुलाइ कवी बनाउने
पदाधिकारीहरु कुनै उपाय नसोच्ने।

कहाँ छैन बिभेद याहा ?
जनावर र मन्दिर देखी
संगठन, समाज र राष्ट्रभरी
नजर घुमाएर हेर्नोस,
सर्वत्र देखिनेछ छ बिभेद ।

-बिष्णु सिंह (बैजु)

 

प्रतिक्रिया