बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०४:२८
वासिङटन डिसी 17:43

रूस बाट हेर्दा नेपाल

इनेप्लिज २०७७ कार्तिक १७ गते ११:०१ मा प्रकाशित


कृष्णप्रकाश श्रेष्ठ

रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गमा आजभन्दा १४५ वर्षअघि नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान्, विश्वविख्यात प्राच्चविद्, बुद्धधर्म र दर्शनका ज्ञाता, रुसमा भारतवर्षविद्या तथा नेपालविद्याका संस्थापक इभान पाभ्लोभिच मिनाएभ (सन् १८४०–१८९०) को १८०–यो जन्मजयन्ती तथा १३०–सौं स्मृतिदिवसप्रति समर्पित लेखसंग्रह ‘नेपालः रूसबाट हेर्दा’ शीर्षकमा प्रकाशित भएको छ । यसको प्रकाशनमा एक वर्षअघि मात्र रूसमा अस्तित्वमा आएको हिमालय वारपारकाक्षेत्रको बहुमुखी अध्ययन–अनुसंधानमा संलग्न अध्येता र विज्ञहरूको गैरसरकारी सामाजिक संस्था ‘रसियाली हिमाल तथा तिब्बत अनुसन्धानकर्ता संघ’ को अग्रसरतामा प्रकाशमा ल्याइएको हो।

विश्वव्यापी महामारीको सर्ववीदित कारणले गर्दा अझै पनि उक्त पुस्तक मेरो हातमा पर्न सकेको छैन।तैपनि मेरा नेपाली पाठकवृन्दलाई नेपालको विषयमा वर्तमान रूसी विद्वान्विदुषीहरूको दृष्टि उजागार गर्ने यस महत्वपूर्ण प्रकाशनबारे संक्षेपमा जानकारी दिनु आफ्नो कर्तव्य ठानेर कलम चलाउन आवश्यक ठानेको छु । महामारीको प्रकोप नहुँदो हो त गतः २१ अक्टोबरमै लेपालको पहिलोपल्ट यात्रा गर्ने र आफ्ना लेखहरू मार्फत रूसमा नेपाल बारे प्रथम परिचय दिने विद्वान्को १८०–यौं जन्मजयन्तीको सन्दर्भमा नेपाल विद्याविषयक वैज्ञानिक सम्मेलन सम्पन्न गर्ने सम्भावनालाई समेत वाध्यतावश पर सार्नुपरिरहेको छ

यहाँ सर्वप्रथम संक्षेपमा इभान मिनाएभकै परिचय दिनु जरुरी ठान्छु । मिनाएभ आफ्नो समयका एक प्रकाण्ड प्राच्यविद् थिए । उनी संस्कृत र पाली भाषका विज्ञ मात्र नभई यस विषयको व्याकरणका लेखक हुनुका साथै बुद्धधर्म र दर्शनका अध्येता तथा प्राध्यापक समेत थिए ।उनले रूसी भाषामा बौद्धसाहित्यको अनुवाद गर्नुका साथै तीनपल्ट तत्कालीन भारतवर्षका विभिन्न देशहरुको यात्रा गरेर आधुनिक भाषसाहित्यको समेत अध्ययन गर्नुका साथै कुमाउका लोककथा सङ्कलन र नेपालभाषा (नेवारी) को त शब्दकोष समेत तयार पारेका थिए ।छोत्रकरीमा भन्ने हो भने हामी ठीक १४५ वर्ष नेपालको यात्रा गर्ने इभान मिनाएभलाई रूसमा नेपालविद्याका जनकको रूपमा मान्दछौं। उनले नेपालबारे सन् १८७८ मै रुसमा प्रकाशित गरेको कृति ‘मिनाएभको नेपाल’ (वि.सं. २०२८) शीर्षकमा मेरो अनुवादमा जगदम्बा प्रकाशनबाट छापिएको थियो र पछि ‘मिनौभ र नेपाल’ शीर्षकमा पनि प्रकाशित भएको छ।

उनको १८०–औं जन्मजयन्तीको सन्दर्भमा हाल ‘नेपालः रूसबाट हेर्दा’ नामले सेन्ट–पिटर्सबुर्गमा प्रकाशित पुस्तकबाट पनि हाम्रो देशको विभिन्न पक्षको बारेमा रूसी मित्रहरूले बढी जानकारी प्राप्त गर्ने सुनिश्चित छ । त्यसमा प्रकाशित लेपहरूको शीर्षकबाटै पनि यसको सामान्य चित्र झल्केको देखिन्छ । पुस्तकमा समाविष्ट कतिपय कृतिका लेखक–लेखिकालाई म व्यक्तिगत रूपमै चिन्दछु भन्न पाउँदा मलाई गर्वको अनुभव हुन्छ ।उदाहरणका लागि पुस्तकको भूमिका लेखकद्वय मार्गारिता आल्बेदिल र लेभ बोर्किनकै नाम लिन सकिन्छ । उनीहरू दुवैजनाले नेपालको षत्रा गरिसकेक छन् । खास गरी रूसी विदुषी मार्गारिता अबलेदिलले नेपालमा मिनाएभले पार नचभपय यात्रापथको सोल प्रत्यक्ष अवकोकन गरेकी छिन् र उनले नेपालविषयक कतिपय लेख र यसै संग्रहमा पनि ‘नेपालमा प्रथम रूसी’ (पृ. १३–२०) र ‘धर्मनिरपेक्ष राज्य घोषित नेपालमा धर्म’ (पृ. ६२–६९) शीर्षकका दुई लेखका साथै ‘नेपालः मानिस, देवता र पशुपन्छी’ (सन् २०१९) शीर्षकको पुस्तक नै प्रकाशित गरिसकेकी छन्।

यस संग्रहमा टी. एर्माकोभलिखित ‘इभान मिनाएभ र रूसका लागि नेपालीे संस्कृतिको आविष्कार’ (पृ. २१–२६),एल.स्तेल्चोभा ‘रूसमा नेपालको मानवीय अध्ययन’ (पृ. २७–३५), यु.एलिखिनालिखित ‘राजकीय हर्मिटेज संग्रहालयमा संग्रहित नेपालको बौद्धकलाका आधुनिक कृतिहरू’ (पृ. ३६–४२), एन.आल्फोन्सो एवं ए.कार्लोभको संयुक्त लेख ‘राजकीय प्राच्य संग्रहालयमा संकलित नेपाली कलाकृति’ (पृ. ४३–५६), ए.ते¥युकोभालिखित ‘राजकीय धार्मिक इतिहास संग्रहालयमा संकलित नेपाली कलाकृतिको इतिहासबाट’ (पृ. ५७–६१), ओ.खिज्न्याकलिखित ‘बौद्धचैत्यः विकासको इतिहास तथा प्रतीक’ (पृ. ७०–९३), आ.चेल्नोकोभालिखित ‘नेपालमा ‘रामायण’ परम्परा र आधुनिकता’ (पृ.९४–१११) एवं नेपालको संगीत र नाटकको क्षेत्रमा कैयौं वर्षदेखि अध्ययनरत र गहकिला लेखहरूको प्रकाशन गरिसक्ने विदुषीलिखित ‘नेपालको परम्परागत नाट्य तथा नृत्य कलाको मौलिकता’ शीर्षकको लेखसहित १० लेखहरू छापिएका छन् । दोस्रो खण्डमा एल.बोर्किन, सी.लित्भिनचुक र डी.मेल्निकोभबाट संयुक्त रूपमा लिखित ‘केन्द्रीय नेपालका सरिसर्प र उभयचर’ (पृ. १२३–१५०), ए.कोब्लिक, आ.रोमानोभ, भि.आर्खिपोभ र ए.मेलिखेभाबाट संयुक्त रूपमा लिखित ‘सगरमाथा राष्ट्रिय निकुञ्जः जैवभौगोलिक ‘प्राकृतिक प्रयोगशाला’ (पृ. १५१–१६२), के.मिखाइलोभलिखित ‘हिमालयको उच्चस्थलमा स–साना गाउने पन्छीहरू…’ (पृ. १६३–१९७) शीर्षकका लेखहरू परेका छन्।

मिति १ नोभेम्बर २०२०
मस्को, रूस महासंघ ।

 

 

प्रतिक्रिया