एनआरएनको विधान संशोधन सल्लाहकार समिति गठन

बाबा राजेश्वरी थापा २०७७ कार्तिक १६ गते १९:२१ मा प्रकाशित

गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रीय समन्वय परिषदले भुषण घिमिरेको अध्यक्षतामा विधान संशोधन सल्लाहकार समिति गठन गरेको छ।

विभिन्न देशका एनआरएनए अभियन्ताहरुलाई समेटिएको यस समितिमा अध्यक्ष भुषण घिमिरे(जापान), सह अध्यक्षहरु गंगाधर गौतम ( बेल्जियम), प्रमोद सिटौला( अमेरिका), रामशरण सिंखडा(बेलायत) हुनुहन्छ। साथै क्षेत्रीय सह अध्यक्षहरु सुनिल कार्की( केन्या,अफ्रिका), रवीन बज्राचार्य(अमेरिकाज), ओम गुरुग( जापान, एसिया प्यासिफिक), पुष्पा थापा( जर्मनी, युरोप), बिनोद भट्टराई( क़तार, मध्य पुर्व), चोलाकान्त भुषाल ( अस्ट्रेलिया, ओसिनिया) हुनुहन्छ । त्यसैगरी सदस्यहरुमा चिरन्जीवी घिमिरे( क्यानडा), कमल गुरागाई( क़तार), लाल बहादुर केसी( न्युजिल्याण्ड), लक्ष्मी गिरी(बहराइन), पुनम गुरुगं( बेलायत), यज्ञ सुवेदी( दक्षिण कोरिया) हुनुहन्छ।

हालसालै वर्तमान नेतृत्वले दुई प्रमुख एजेण्डाहरु निःशुल्क सदस्यता र अनलाइन भोटिंगलाई अघि सारेको छ र यी दुई एजेण्डाहरुलाई कार्यान्वयन गर्न विधान संसोधन जरुरी हुन्छ। साथै हालको जल्दोबल्दो विधानमा रहेका त्रुटि र आवश्यक हेरफेरलाई समेत यस समितिले संसोधन गर्न प्रक्रिया अगाडी बढाउनेछ ।

रुपान्तरको चरणमा रहेको एनआरएन अहिले परिचय नभएकाहरुलाई परिचय बनाउने थलो बनिदिंदा अभियानको मर्म र संस्थाको साख गिर्दै गएको छ। बौद्धिकवर्ग र अनुभवी अभियन्ता अभियानबाट टाढिने क्रम जारी छ भने एउटा शक्ति नेपालको राजनैतिक पहुँच बलियो बनाई अभियान प्रति गैर आवासिय नेपालीहरुमा वितृष्णा पैदा गर्नमा तल्लीन छ। विधान संसोधनले अहिलेको विधानले समेट्न नसकेका विषयहरुलाई स्थान दिन सकेकामा संस्थाले अघि सारेका महत्वपूर्ण एजेण्डाहरु सफल हुनेछ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया