विराटनगर, १६ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३५७ जना कोरोना सङ्क्रमित थपिएका छन्।उक्त अवधिमा गरिएको एक हजार ३९१ जनाको पिसीआर परीक्षणमा १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङमा १८३ मध्ये विराटनगरमा १२३,झापामा ६९,सुनसरीमा ५३,उदयपुरमा १५,धनकुटामा पाँच,इलाममा चार, ओखलढुङ्गा,सङ्खुवासभा,तेह्रथुम र भोजपुरमा एक ÷एक र प्रदेश बाहिरका २४ जना रहेका छन्।प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार ५३२ पुगेको छ।
प्रदेशमा आज २४७ जना सङ्क्रमितहरु निको भै घर फर्केका छन् भने उनीहरुको संख्या ११ हजार ९८ पुगेको छ।हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया