प्रदेश नं १ मा २२२ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक १५ गते १४:२९ मा प्रकाशित

विराटनगर, १५ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २२२ जना कोरोना सङ्रक्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको ८०३ जनाको पीसीआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङमा १२६ मध्ये विराटनगरमा १०५,सुनसरीमा ५८,झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश बाहिरका पाँच जना रहेको रहेका छन् । यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ।

प्रदेशमा आज ३२ जना सङ्क्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ।प्रदेशमा हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया