नेपालमा एकैदिनमा २ हजार ५ सय ८ जना कोरोनाबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा थप २ हजार २ सय ६४ जना कोरोना मुक्त बनेका छन् । हाल सम्म देशभर कुल १ लाख ७० हजार ७ सय ४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २ सय २२ संक्रमण मुक्त भएका छन् ।
बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ९ सय ३७ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५ सय ८४ जना रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ३ सय ५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८ सय ५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६ सय ९९ र ललितपुरमा ८ हजार ७ सय ९४ पुगेको छ ।
प्रतिक्रिया