टर्की र ग्रीसमा आएको भुकम्पबाट मृत्यु हुनेको संख्या १९

इनेप्लिज २०७७ कार्तिक १४ गते २२:५६ मा प्रकाशित

टर्की र ग्रीसमा आएको भुकम्पबाट मृत्यु हुनेको संख्या कम्तिमा १९ पुगेको छ । अधिकारीका अनुसार शुक्रबार दिउसो ३ बजे भन्दा ७ रेक्टरको भूकम्प आएको र उक्त भूकम्पले एजिएन समुन्द्रमा धक्का दिएको थियो ।

कम्तिमा पनि १७ जना टर्कीको पश्चिममा मृत्यु भएको छ भने २ जना किशोर उमेरकाहरुको ग्रीकको आइल्याण्ड सामोसमा पर्खाल ढल्दा ज्यान गएको छ ।

टर्कीमा कम्तिमा २० वटा भवनहरु भत्किएका छन । घर भत्किए पछि मानिसहरु पुरिएका छन् भने मानिसहरु निकाल्ने काम पनि भै रहेको छ ।

टर्कीमा कम्तिमा पनि ७०९ जना घाइते भएका छन् । हाल सम्म १९६ वटा साना धक्काहरु अभिलेख गरिएको छ भने सबै ४ रेक्टरका आएका थिए ।

श्रोत :न्यूयोर्क टाइम्स/सिएनएन

प्रतिक्रिया