नेपालमा एकैदिनमा देशभर ३५१७ कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक १४ गते ११:१३ मा प्रकाशित

नेपालमा एकैदिनमा देशभर ३ हजार ५ सय १७ कोरोनाबाट संक्रमित भएका छन । हाल देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९ सय २० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा थप १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा ७ सय ८१ महिला र १ हजार १ सय ७ जना पुरुष रहेका छन् ।

हालसम्म उपत्यकामा ३ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौंमा हाल १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या ४४ हजार २ सय ८८ रहेको छ । यसै गरि भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ६५ रहेका छन् भने निको हुनेको संख्या ४ हजार ४ सय २२ रहेको छ । अहिलेसम्म ६३ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमित ५ हजार ६ सय ५० पुगेको छ ।

यसैगरी ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४५ रहेको छ भने निको हुनेको संख्या ६ हजार १ सय ९६ रहेको छ।

प्रतिक्रिया