प्रदेश १ मा ५५६ जना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक १२ गते २२:१३ मा प्रकाशित


विराटनगर, १२ कातिक।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन्।हिजो सोही अवधिमा ४३ जना सङ्क्रमित थपिएको थियो भने हिजै विभिन्न स्थनाबाट ७२० जना उपचार भएर घर फर्किएका थिए।

आज सङक्रमित हुनेमा मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९,झापामा ७७,उदयपुरमा छ,धनकुटामा पाँच,संखुवासभामा चार, खोटाङ र तेह्रथुममा तीन तीन र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिले सम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन्।आजै मात्र यस प्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समयमा यस प्रदेशमा एक हजार २६१ जना सहित अहिले सम्ममा कुल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया