नेपालमा एकैदिनमा कोरोना बाट २,२२५ संक्रमित ,काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित

इनेप्लिज २०७७ कार्तिक ८ गते ११:२५ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोना बाट २ हजार २ सय २५ जना संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।जस मध्ये १ हजार ४ सय ४६ जना पुरुष तथा ७ सय ७९ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४ सय २९ जना महिला तथा ६ सय ८१ जना पुरुष रहेका छन् । हाल सम्म नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् ।

अधिराज्यभर ३ सय ७ सघन कक्ष (आइसीयू)मा रहेका छन् भने ७० जनाको वायु प्रवाहक (भेन्टिलेटर)मा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया