खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक ८ गते १०:१० मा प्रकाशित

आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”।

उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्य तथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेतना मुलक सन्देश फैलाउने यस “भागा-भाग” सिरियलले भुमिका निर्वाह गरेको पाइन्छ।

जसको सम्पादक: जयन कुमार मोक्तानले गरेको छ भने उत्पादन सल्लाहकार योगेन्द्र कार्की रहेको छ भने क्यामेरा बिनोद बिष्ट हुन्।उक्त सिरियलमा कलाकारहरुको श्रृङ्गार दिपेन्द्र हमालले गरेको छ।

ध्वनि स‌ंयाेजनमा भने शङ्कर बोहराले महत्वपूर्ण भुमिका निभाइ सिरियललाई सुनमा सुगन्धित बनाएका छन् । उत्पादन तथा प्रबन्धक कीर्ति बहादुर सिंहले गरेका छन् ।

गायक नारायण डङ्गाेल रहेको छ। सिरियललाई नारायण उपाध्याले लेखन तथा निर्देशन गर्नु भएको छ। सिरियलको निर्माता किर्ती बहादुर सिंह र मिना जिसि हुन् ।

कलाकारहरुमा किर्ती बहादुर सिंह, मिना जि सि, नारायण दत्त उपाध्या, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, बिनोद पोखरेल र सुबास घिमिरे रहेका छन्।

थप जानकारीको लागी भिडियो हेर्नुहाेला ।

प्रतिक्रिया