नेपालमा एकैदिनमा थप ४ हजार ४९९ जना संक्रमित ,थप १७ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक ७ गते ११:५४ मा प्रकाशित

नेपालमा एकैदिनमा ४ हजार ४ सय ९९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन । ती मध्ये २ हजार ८ सय ९ जना पुरुष तथा १ हजार ६ सय ९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३ हजार २ सय २५ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्र २ हजार ७ सय २० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६ सय २८ जना पुरुष रहेका छन् ।

नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना संक्रमित फेला परिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ । नेपालमा हाल २ सय ९० जना सघन कक्ष(आइसीयू)मा भर्ना भएका छन् भने ६९ जनाको वायु-प्रवाहक(भेन्टिलेटर)मा राखेर उपचार भइरहेको छ ।

हाल सम्म १ लाख ५ हजार ४ सय ८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना निको रहेका छन् । नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ ।

नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ । हालसम्म ८ सय २९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया