राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ सार्वजनिक भएको छ । प्राश्नालाई शितल गुरुङले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानि गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीत जस्तै भिडियो पनि उत्कृष्ट बनेको छ ।
शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्गीत अनि एरेञ्ज कर्साङ लामाले गर्नुभएको छ । हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गर्नु भएको छ ।
शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र हेरुका लामा फिचरिङ हुनुहुन्छ । गीत अनुसार अन्जली र हेरुकाको जोडी भिडियोमा एकदम सुहाएको देखिन्छ ।
प्रतिक्रिया